बिमा समितिले कृषि बीमा योजनालाई प्रभावकारी बनाउन २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र ताकेकोे छ ।
सरकारले अघि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउन समितिले उक्त कदम चालेको हो ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा प्रमुख प्राथमिकताका रुपमा कृषि बीमालाई राखेको छ ।
कृषि बीमाका लागी निर्जीवन बीमा कम्पनीको कार्यक्षेत्र
नेपाल इन्स्यारेन्स कम्पनी – दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर
राष्ट्रिय बीमा कम्पनी – बझाङ, डोटी र कैलाली,
युनाइटेड इन्स्योरेन्स कम्पनी – हुम्ला, बाजुरा र अछाम
एभरेष्ट इन्स्योरेन्स कम्पनी – कालिकोट, दैलेख, सुर्खेत र बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी – मुगु, जाजरकोट र जुम्ला
एनएलजी इन्स्योरेन्स – डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके
प्रभु इन्स्योरेन्स – मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स – मनाङ, कास्की, पाल्पा र रुपन्देही
प्रुडेन्सियल इन्स्योरेन्स – गोरखा, लम्जुङ, तनहुँ र परासी
शिखर इन्स्योरेन्स – चितवन, मकवानपुर, धादिङ र नुवाकोट,
हिमालयन जनरल इन्स्योरेन्स – सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा
प्रिमियर इन्स्योरेन्स – दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
आइएमई जनरल इन्स्योरेन्स – सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा,
लुम्बिनी जनरल इन्स्योरेन्स – सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर,
नेको इन्स्योरेन्स – ताप्लेजुङ, पाँचथर, इलाम र झापा,
दि ओरियण्टल इन्स्योरेन्स – धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी,
नेशनल इन्स्योरेन्स – रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची
सानिमा जनरल इन्स्योरेन्स – कपिलवस्तु, नवलपुर र मोरङ,
जनरल इन्स्योरेन्स कम्पनी – रसुवा, सिराहा र पर्सा,
अजोड इन्स्योरेन्स – गुल्मी, पर्वत, पूर्व रुकुम र रौतहट
त्यस्तै, काठमाण्डौ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ।
प्रतिक्रिया