ज्योति विकासले  साधारण सभा स्थान परिवर्तन गर्यो

६ बर्ष अगाडि

राष्ट्रिय सभागृहमा साधारण सभा बोलाएको ज्योति विकास बैंक लिमिटेडले सभाको स्थान परिवर्तन गरेको छ। 

उक्त दिन सभागृहले  कारणवश हल उपलब्ध गराउन नसक्ने भएकोले बैंकले उक्त सभा सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमार्गमा गर्ने भएको हो ।

बैंकले यस अघि प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट १२।७५ प्रतिशत बोनस शेयर वितरण गर्न उक्त सभा बोलाएको छ ।

त्यससगैँ  अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया