नासाले सार्वजनिक गर्यो रहस्यमयी ‘मार्री म्यान’को तस्विर

५ बर्ष अगाडि

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक गरेको छ ।  तस्विरमा उक्त कलाकृति पूर्ण रुपमा पहिलेकै अवस्थामा देखिन्छ । 

सन् १९९८ मा पहिलो पटक एक जना पाइलटले आकासबाट यो रहस्यमयी कलाकृति पत्ता लगाएका थिए । 

जमिनमा कोरेर बनाइएको ‘म्यार्री म्यान’ले अष्ट्रेलियाको आदीवासी (एबोरिजिनल)लाई देखाएको भए पनि यति विशाल कलाकृति कसले बनाएको हालसम्म पत्ता लागेको छैन । 

३.५ किमी लामो यो कलाकृति २७ किमी परिधिमा फैलिएको छ र यो कला पूर्ण रुपमा आकासबाट मात्र हेर्न सकिन्छ ।  

यो कलाकृति मेटिदैं गएको चर्चामाझ सन् २०१६ मा यसको संरक्षण प्रयास भएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया