१०४ विद्यार्थीलाई न्यानो कपडा वितरण

६ बर्ष अगाडि

पनौती नगरपालिका–६ दलिनचोकमा रहेको गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको छ ।

 न्योनो अभियानअन्तर्गत बनेपामा रहेको सर्वश्री क्वालिटी प्रिन्टर्सको आयोजनामा शुक्रबार विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको प्रेसका सञ्चालक सर्वश्री अधिकारीले बताए ।

“हामीले न्यानो अभियानअन्तर्गत गोरखनाथ आधारभूत विद्यालयका १०४ विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेका हौँ”, अधिकारीले भने, “हाम्रो अभियानमा काठमाडौँ निवासी डिल्लीराज सापकोटा र शोभा सापकोटाले आर्थिक सहयोग गरेका हुन।

” विद्यालय परिवारले विद्यार्थीलाई सहयोगका लागि अनुरोध गर्नुभएपछि आफूहरुले त्यहाँका विद्यार्थीलाई न्यानो अभियानअन्तर्गतको सहयोग पु¥याएको उनले बताए । 

काभ्रेपलाञ्चोकमा पहिलोपटक सहयोग गर्नुभएको उहाँले यसअघि साथीसँग मिलेर धनुषा जिल्लाको मुसहर बस्तीमा १८० कम्बल र बर्दिया जिल्लाको सुकुम्वासी बस्तीमा १८० कम्बल र २१५ ज्याकेट वितरण गरिसकेको बताए ।


 जाडोको समयमा न्यानो स्वीटर र टोपी पाएपछि विद्यार्थी खुशी भएको गोरखनाथ आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले बताए ।

“ज्याला गरेर छोराछोरी पढाउने पर्ने अवस्था भएका उहाँका तामाङ, मगर र दलित समुदायका बालिबालिका रहेकामा विद्यालयको एउटा पोशाकले मात्रै विद्यालय आउने गर्दा जाडोको समस्या र विद्यालय पोशाक धोएर नसुकेको बेला विद्यालय नै आउन नसकेको अवस्था थियो”, सापकोटाले भने, “अब स्वीटर पाएपछि न्यायो लगाएर आउन र विद्यालय पोशाक धुने समयमा स्वीटर मात्रै भए पनि लगाएर आउनलाई सहयोग पुगेको छ । 

निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो स्वीटर पाएपछि विद्यार्थी खुशी भएका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया