आलु उत्पादनबाट लाखौँको आम्दानी

६ बर्ष अगाडि

काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ ।

ती  क्षेत्रलाई गाउँपालिकाले ‘आलु पकेट’ घोषणा समेत गरेको छ । 

 उत्पादनलाई बजारमा पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ । सो गाउँपालिकाका अध्यक्ष अमर थापाले बीउ, प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र  हरेक वडाका पाँच युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना रहेको जानकारी दिए । 

काठेखोलाका हरेक वडाका उच्च क्षेत्रमा आलुको व्यावसायिक उत्पादन भइरहेको छ । वडा नं ८ को का देश, वडा नं। ७ को रेश र वडा नं ३ को धम्जामा आलु उत्पादन हुन्छ । 

उनले कृषि पेशा गरिरहेका युवालाई प्राविधिक तालिम दिँदा रोग किरा लाग्दा उपचार आफँै गर्नसक्ने अवस्था आउने बताए । काठेखोलाको धम्जामा दुई वटा आलु भण्डारन केन्द्र सञ्चालनमा आएका छन् ।      

बागलुङको ढोरपाटन र ताराखोलामा पनि प्रशस्त आलु  उत्पादन हुन्छ  । ती स्थानमा  आवश्यक भण्डारणस्थल बनाउन पहल शुरु भएको छ ।

 ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी शुरु गरेको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। “हामीले घरघरमै उद्यमी बनाउने लक्ष्य राखेका छौँ”, उनले भने, “यसका लागि टोलटोलमा तालिम दिएर उत्पादनकै लागि लगानी गरिरहेका छौँ ।” 

धम्जा, ताराखोल र ढोरपाटनका  किसानले आलु उत्पादनबाट वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गरिहेका छन् । काठेखोलाले आलुबाहेक सुन्तलामा लगानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्ष असिना र अन्य प्राविधिक कारणले उत्पादन कम भएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । 

तर उत्पादन बढाउन बिरुवा रोप्ने काम भइरहेकाले दोब्बर बढी फलाउने लक्ष्य केही वर्षमा पूरा हुनेसमेत उहाँले जानकारी दिए । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामा सबैभन्दा ठूलो कृषि भण्डारण बनाउन  शुरुआत गरिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया