काठमाडौं – सरकारले १६ लाख लगानीकर्तामाथि ज्यादती गरेको पाइएको छ । लगानीकर्ताको सबै विवरण राख्ने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) प्रमुख बिहीन भएको लामो समय हुन लाग्दा समेत नियुत्तिका लागि कुनै सुरसार नै नगरी उनीहरुमाथि ज्यादती गरेको पाइएको हो ।
सिडिएसीको सञ्चालक समितिले कार्यालय प्रमुख नियुक्तिमा विलम्ब गर्दा सिडिएससी दुई महिनादेखि प्रमुख बिहीन बन्न पुगेको बताइएपनि अर्थमन्त्रालयले तत्काल नियुक्ति नगर्न दबाव दिएको स्रोतको भनाइ छ ।
कार्यालय प्रमुख नै नभएको कारण यति बेला सो कार्यालदयका कर्मचारी दिनभर घाम तापेर फर्कने गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जको वार्षिक साधारण सभा र अन्य गतिविधि भएकोले प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा विलम्ब भएको तर्क गरिएको छ । यो तर्क भने मिल्दो नभएको लगानीकर्ताको भनाइ छ ।
नेप्सेले यही पुस २९ मा वार्षिक साधारण सभा गर्दैछ । त्यस्तै सिडिएससीले समेत पुस २६ मा साधारणसभा गर्दैछ । कार्यालय प्रमुख नै नभएको समयमा साधारणसभा गर्न लागिएको हो ।
भागवण्डाको विषयको टुङ्गो लगाउन धेरै पटक सिडिएसीका सञ्चालक समिति अध्यक्षले अर्थ मन्त्रालयले नै रोकेको बताउने गरेका छन् ।
नेप्सेको पूर्ण लगानी भएकै कारण सञ्चालक समिति अध्यक्षमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद अध्यक्ष रहेका छन् ।
प्रतिक्रिया