बोनम्यारो पीडित बालिकालाई  नेपाल मगर संघद्वारा रकम सहयोग

६ बर्ष अगाडि

बोनम्यारोको समस्याबाट पीडित यहाँकी एक बालिकाको उपचारार्थ नेपाल मगर संघ गल्याङले छ लाख ४० हजार रकम सहयोग गरेको छ । 

गल्याङ नगरपालिका– ३ बस्दै आएकी १६ वर्षीया विमला राना चार वर्षदेखि सो रोगबाट पीडित छिन् ।  

उहाँको उपचारमा सहयोग गर्न रकम सङ्कलन गरी हस्तान्तरण गरिएको सङ्घ अध्यक्ष कुमार रानाले जानकारी दिए ।

 “जीवन मरणको दोसाँधमा रहेकी १६ वर्षीया बालिकाको उपचारमा सहयोग गरी पुनःर्जीवन दिने उद्देश्यले ‘विमला रानाको जीवन बचाऔँ अभियान’मार्फत रकम सङ्कलन गरेका हौँ”, उनले भने, “गल्याङ नगरपालिकाका विभिन्न बजार तथा गाउँगाउँमा पुगेर रसिद काटेर उक्त रकम सङ्कलन गरी पीडित बालिकाको आमा कुमारी रानालाई बुझाएका हौँ ।

”बालिकाकी आमा कुमारी राना छोरीको उपचारमा अस्पताल धाउँदा धाउँदा पैसा सकिएपछि सहयोगका लागि विभिन्न ठाउँमा आग्रह गरिएको वताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया