अटोमेटिक पेस्तोल सहित दुई जना प्रकाउ

६ बर्ष अगाडि

अटोमेटिक पेस्तोल सहित प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ। 

 इटहरीबाट बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा पेस्तोलसहित दुई जनालाई प्रकाउ गरीएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार प्रकाउ पर्नेमा  सुन्दर हरैंचा ४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय जमिल अन्सारी हुन ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ कदमा टोलमा चेकजाँच गर्ने क्रममा को ९प ७४८६ मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । 

उनका अनुसार फलामले बनेको उक्त पेस्तोलको नाम र नम्बर भने खुलेको छैन।
 

६ बर्ष अगाडि

प्रतिक्रिया