यस्तो छ प्रिमियर इन्स्योरेन्सका नयाँ सीईओ हिस्टोरी

६ बर्ष अगाडि

काठमाडौं – प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकरी अधिकृत (सीईओ)मा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको तीन साता अघि भएको सञ्चाक समितिको बैठकले तिमिलालाई सीईओमा नियुक्ती गर्ने निर्णय गरेको थियो ।
सो निर्णणअनुसार बीमा समितिले तिमिलालाई उक्त कम्पनीको सीईओ हुन बिहीबार मात्रा स्वीकृति दिएको हो। तिमिला झण्डै ४० बर्ष जति बीमा क्षेत्रमा सक्रिय छन् ।
यस अघि उनी नेको इन्स्योरेन्समा सीईओकोरुपमा कार्यरत थिए । उनले भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्योरेन्समा सन् १९८१ देखि जागिर सुरु गरेको थिए । त्यसपछि सन १९९६ मा सिनियर म्यानेजर भई नेको इन्स्योरेन्समा गएका थिए ।
प्रिमियरका यस अघिका सीईओ सुधुम्न प्रसाद उपाध्यायको गत कात्तिकमा कार्यकाल सकिएपछि नयाँ सीईओ नियुक्ती गरिएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया