तिन कम्पनीको लाभांश शेयरधनीको खातामा

६ बर्ष अगाडि

आज दुई लघुवित्त र एक फाइनान्स कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।

निर्धन उत्थान लघुवित्त , चौतारी लघुवित्त र  इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले यस अघि घोषणा गरेको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो।

१०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको चौतारी लघुवित्तले पुस ९ गते सम्पन्न साधारण सभामा उक्त प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, १५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको  निर्धन उत्थानले पुस १३ गते सम्पन्न साधारणसभा बाट उक्त लाभांश प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, १० प्रतिशत नगद लाभांश  प्रस्ताव गरेको इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस ११ गतेको आफ्नो २५ औ साधारण सभाबाट उक्त लाभांश प्रस्ताव पारित गरेको थियो ।

कम्पनीहरुले बुकक्लोज गर्नु अघिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ । दुबै लघुवित्तहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने फाइनान्स कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापीटल रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया