काठमाडौं – राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानीको सिमा पनि बढाएको छ । बिहीबार भुक्तानी सम्बन्धी एकीकृत निर्देेशन जारी गर्दै नयाँ सिमा निर्धारण गरिएको हो ।
नयाँ निर्देशनअनुसार अब मोवाइल बैंकिङ दैनिक रू. ५० हजारसम्म भुक्तानी गर्न सकिने छ । तर, मासिक २ लाख भन्दा बढीको कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) अन्तरगत दैनिक रू. १० लाखसम्मको भुक्तानी गर्न सकिने छ । तर, त्यसमा मासिक रू. ३० लाख भन्दा बढीको कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर ) अन्तरगत पनि दैनिक रू. १० लाखको नै भुक्तानी गर्न सकिने छ । तर, यसमा मासिक रू. ५० लाख भन्दा बढीको भुक्तानी गर्न नसकिने गरि सिमा तोकिएको छ ।
प्रतिक्रिया