काठमाडौं – अब आम सर्वसाधरणले डेविट कार्ड मार्फत एटीएमबाट प्रतिदिन १ लाख रूपैयाँसम्म रकम निकाल्न पाउने भएका छन् । पहिले प्रतिदिन रू. ६० हजारसम्म मात्रा निकाल्न पाउने व्यवस्था थियो । तर, राष्ट्र बैंकले बिहीबार साझ एक भुक्तानी प्रणाली सम्बन्धी एकीकृ.त निर्देशन २०७६ जारी गर्दै विद्युतिय माध्यमबाट हुने कारोबारको सिमा बढाएको हो ।
केन्द्रीय बैंकले बंैक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड र मोवाइल बंैकिङ तथा इन्टरनेट बंैकिङ सेवा लगायत विद्युतीय माध्यमबाट गरिने कारोवार सम्बन्धमा निर्देशन जारी गरेको हो ।
गत भदौमा चिनियाँ ह्याकरले नेपाली बैंकका एटीएम सिस्टम ह्याक गरेर पैसा झिकेपछि यस मार्फत हुने कारोबारको सिमा घटाइएको थियो । त्यसको ४ महिनापछि आएर राष्ट्र बैंकले त्यसको कारोबारको सिमा बढाएको छ ।
नयाँ निर्देशनअनुसार अब प्रति कारोबार एटीएमबाट २५ हजारसम्म झिक्ने सकिनेछ । यस्तै, प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजारसम्मको कारोबार गर्न सकिने छ । यसैगरि क्रेडिट कारोबारबाट १० प्रतिशम्म नगद निकाल्न सकिने व्यवस्था गरिएको छ । कियोस्क टर्मिनलहरूमा प्रतिदिन २५ हजार र प्रति महिना ५० हजारसम्मको कारोबार गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया