जिप दुर्घटनामा ४ जनाको मृत्यु

६ बर्ष अगाडि

बाजुरामा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । 
हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको से१ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाकै कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो । 

दुर्घटनाममा पवन भण्डारी, रमेश शाही र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै एक जनाको सनाखत हुन बाँकी रहेको छ । यसैगरी १३ वर्षीया सुशील बिक कर्णालीमा बेपत्ता भएकी छिन् । 

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भएको छ ।

 

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया