स्वर्णपदक विजेता सम्मानित

६ बर्ष अगाडि

नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको  छ ।
सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । 

उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरेका थिए । सम्मानस्वरुप उनीहरुले जनही रु २५ हजार प्राप्त गरे ।
     
 बेलायतमा बस्दै आएका  पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएका थिए । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया