काठमाडौँ – त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाइ दुबईमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो । चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी प्रमुख रामकृपाल साहले जानकारी दिए ।
सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया