दाङ, घोराही उपमहानगरपालिकामा कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छन् ।
रोल्पा परिवर्तन गाउँपालिका–५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित बुधबार साँझप्र गतिटोल बडराबाट प्रहरीले पक्राउ गरेको हो ।
सोही उपमहानगरपालिका–१५ बीपी चोक बस्ने ४८ वर्षीय पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु ५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया