चाइनिज पेस्तोल सहित पक्राउ

६ बर्ष अगाडि

भोजपुर हतुवागढी गाउँपालिका–९ भसुवाबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका–२ बस्ने २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त गोलीसहित फेला पारी नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया