काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटमा समस्या देखिएको छ । वेवसाइटमा ग्राफिकल इन्डेक्समा परिसुचक घटेको छ, तर माथिल्लो इन्डेक्सले शेयर बजार भने बढेको देखाएको छ ।
वेवसाइटअनुसार आज ११६८.३० विन्दुबाट नेप्से कारोबार सुरु भएको छ, १२ः१४ बजेसम्म आउँदा त्यो परिसचुक घटेर ११६६.९० विन्दुमा झरेको छ ।
तर, माथि माथिल्लो इन्डेक्सले भने ३.४७ विन्दुले शेयर बजार बढेको देखाएको छ । सम्भवत यो अघिल्लो दिनको तथ्यांक हुन सक्ने बताइएको छ ।
मार्केट घटेको अवस्थामा माथिएको इन्डेक्स रातो र बढेको अवस्थामा हरियो देखाउछ । तर, मार्केट घट्दा पनि माथिल्लो इन्डेक्स हरियो नै देखिएको छ ।
नेप्सले वेबसाइटमा समस्या देखिएपछि नयाँ वेबसाइट प्रयोग गर्न आग्रह गर्दै सुचना जारी गरेको छ । तर, नयाँ वेवसाइट पनि देखाएको छ ।
उक्त समस्या साधान नभएसम्म पुराना वेवसाइट नचल्ने बताइएको । नेप्से नयाँ वेवासाइटमा कारोबार भइरहेको देखाएको छ । नयाँ वेवसाइटमा देखिएको तथ्यांकअनुसार आज बजार घटेको छ ।
नयाँ वेवासइटको लिंक -
http://newweb.nepalstock.com.np:8500/
बाँकी तस्वीरबाट
प्रतिक्रिया