काठमाडौं – वाणिज्य बैंकमा पछिल्लो समयमा नगद मौज्दातको मात्रा बढेको छ । त्यसको तुलनमा ऋण लगानी भने कम भएको छ ।
वाणिज्य बैंकहरुले एक सातामै रु २२ अर्ब निक्षेप थप गरेका छन् । यही पुस ४ गतेसम्म रु २९ खर्ब ९७ अर्ब रहेको निक्षेप पुस ११ मा पुग्दा रु ३० खर्ब १८ अर्ब पुगेको छ ।
पछिल्लो एक सातामा रु ९ अर्ब ऋण बढेको छ । यो साता निक्षेपको तुलनामा ऋण कम बढेको हो । यद्यपी चालु वर्षको अहिलेसम्म भने ऋणको तुलनामा निक्षेप अझै रु ४० अर्ब कम रहेको छ ।
सरकारी बैंकको विवरण भने यसमा समावेश छैन । गत साउनयता निक्षेप रु १ खर्ब ४० अर्बले बढेको छ । तर ऋण विस्तार भने रु १ खर्ब ८० अर्बले पुगेको छ । हालसम्म कुल ऋण रु २६ खर्ब ७८ अर्बले बढेको छ ।
प्रतिक्रिया