महानगरपालिकामा भएकाे  विष्फोटमा संलग्न रहेको आशङ्कामा ९ जना पक्राउ

७ बर्ष अगाडि

विराटनगर– विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । 

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया