वर्ष २०१९मा ६ अर्ब बराबरको आईपीओ निष्कासन, कुन कम्पनीको कति ?

६ बर्ष अगाडि

वर्ष २०१९ मा धितोपत्र बजारमा ६ अर्ब बराबरको साधारण शेयर (आईपीओ) निष्कासन भएको छ । 

गत वर्ष २०७५ माघबाट यस बर्षको असोज महिना सम्ममा नेप्सेमा सुचिकृत २२ कम्पनीहरुले ५२ करोड २ लाख ३६ हजार ९ सय रुपैयाँँ बराबरको ६५ करोड २० लाख २ हजार तिन सय ६९ कित्ता आईपीओ निष्कासन गरेका हुन् ।

निष्कासन भएका आईपीओ मध्य सबै भन्दा धेरै ११ जलविद्युत कम्पनी रहेका छन् भने १० लघुवित्त संस्था र १ सिमेन्ट कम्पनी रहेको छ ।आईपीओ जारी गरेका ११ जलविद्युत कम्पनीहरुले ५ अर्ब ७५ करोड ९८ लाख ७५ हजार २०० रकम बराबरको ५७ करोड ५९ लाख ८ हजार ७२ कित्ता आईपीओ जारी गरेका छन् । 

त्यस्तै, १० लघुवित्त कम्पनीहरुले ३२ करोड ३ लाख ६१ हजार ७०० रुपैयाँ बराबरको ३२ लाख ३ हजार ६ सय १७ कित्ता आईपीओ जारी गरेका छन् । त्यस्तै, एक मात्र सिमेन्ट कम्पनी रहेको शिवम सिमेन्टले ४४ करोड बराबरको ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको छ ।

वर्ष २०१९ मा सबै भन्दा धेरै साञ्जेन जलविद्युत कम्पनीले ९३ करोड ३९ लाख ४६ हजार ७ सय रुपैयाँ बराबरको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता आईपीओ निष्कासन गरेको छ भने सबै भन्दा थोरै घोडीघोडा लघुवित्तले १ करोड २४ लाख बराबरको १ लाख २४ हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।

कुन–कुन कम्पनीले कति आईपीओ जारी गरे 

साधारण शेयर जारी गर्ने ११ जलविद्युत कम्पनी मध्य सबै भन्दा धेरै आईपीओ   साञ्जेन जलविद्युत कम्पनीको रहेको छ । कम्पनीले ९३ करोड ३९ लाख ४६ हजार ७ सय रुपैयाँ बराबरको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता आईपीओ निष्कासन गरेको हो । त्यस्तै, सबै भन्दा थोरै आईपीओ निष्कासन गर्नेमा  हिमालय उर्जा विकास संस्था परेको छ ।

संस्थाले १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ जारी गरेको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रो कम्पनीले तिन पटक गरेर १ अर्ब ६७ करोड ६५ लाख ९४ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ ।
जसमा सर्वसाधारणका लागी ७४ करोड ९३ लाख ७७ हजार ३ सय रकम बराबरको ७४ लाख ९३ हजार ७ सय ३३ कित्ता आईपीओ निष्कासन गरेको छ । त्यस्तै, प्रमोटरका लागी ७६ करोड ७२ लाख २१ हजार रकम बराबरको ७६ लाख ७२ हजार २ सय १० रकम बराबरको आईपीओ निष्कासन गरेको छ ।

उता, १० लघुवित्त कम्पनी मध्य सबै भन्दा धेरै ईनफीनीटी लघुवित्तले ६ करोड ४० लाख ३० हजार बराबरको ६ लाख ४० हजार तिन सय कित्ता आईपीओ जारी गरेको छ ।

त्यस्तै सबै भन्दा थोरै आईपीओ निष्कासन गर्नेमा घोडीघोडा लघुवित्त परेको छ ।कम्पनीले १ करोड २४ लाख बराबरको १ लाख २४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।त्यस्तै, यी दुई सहित अन्य ८ लघुवित्त कम्पनीले ३२ करोड ३ लाख ६१ हजार ७०० रुपैयाँ बराबरको ३२ लाख ३ हजार ६ सय १७ कित्ता आईपीओ जारी गरेका छन् ।

त्यसैगरी, सिमेन्ट कम्पनी सिभम सिमेन्टले ४४ करोड बराबरको ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया