सहकारीले नै तिरेनन् बैंकको ऋण, धितो लिलाम गर्ने चेतावनी

६ बर्ष अगाडि

राष्ट्रिय सहकारी बैंकले १० सहकारी संस्थलाई ३५ दिनभित्र ऋण नतिरे धितो लिलाम गर्ने चेतावनी दिएको छ ।

बैंकबाट ऋण लगेर लामो समयदेखि तिर्न अटेरी गर्ने १० सहकारीलाई सहकारीबैंकले यस्तो चेतावनी दिएको हो । 

ऋण नतिर्जेमा उपत्यकाभित्रका साइनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कालिमाटी, गोरखाली  बचत तथा ऋण सहकारी संस्था, गठ्ठाघर भक्तपुर र वीनर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँवानेश्वर छन् । 

 त्यस्तै उपत्यका बाहिरका सहकारीहरुमा शुभकामना कृषी तथा ऋण सहकारी संस्था लिमिटेड  मिचैया सिरहा, कोल्हुवा बगेया बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महोत्तरी, जनमुखी मत्स्य सहकारी संस्था लिमिटेड,  घोडाघास-८ घनुषा,  समाज सहयोगी  बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खुट्टा  पिपरमढी ४ महोत्तरी, सिद्धी बिनायक कृषी सहकारी संस्था लिमिटेड, कमलमाई-९ सिन्धुली, दलित उत्थान कृषी सहकारी संसथा लिमिटेड, कमलमाई ६ सिन्धुली र कमलामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढल्केवर धनुषाले पनि समयमै ऋण तिरेका छैनन् । 

सहकारी बैंकबाट लिएको ऋणको सावा ब्याज लामोसमयदेखि नतिरेका ति सहकारीले लिखित र मौखिक जानकारी गराउँदा समेत अटेरी गरेको ३५ दिनभित्र साँवा, ब्याज र हर्जना बुझाउन बैंकले भनेको छ । 

३५ दिनभित्र नबुझाएमा सहकारीले राखेको र व्यक्तिगत जमानीकर्ताको समेत धितो लिलाम गरी सम्पुर्ण रकम असुलउपर गर्ने बैंकले जनाएको छ । 

त्यसबाट पनि रकम असुलउपर नभएमा सहकारी सँस्थाका पदाधिकारी र तिनका परिवारको चल अचल सम्पत्तिबाट समेत असुलउपर गर्ने बैंकले चेतावनी दिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया