बर्दियाको ठाकुरबाबा नगरपालिका २ स्थित सडकमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लु २ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय कर्णबहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया