आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार ३.४७ अंकले बढेको छ ।
आज ११६६.५१ विन्दुबाट शुरु भ एको कारोबार अन्तिम समयसम्म आउँदा ३.४७ अंकले बढेर ११६९.४७ विन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबार सुरु भएताबाट नै घटेको परिसूचक अन्तिम समयमा पुनः उकालो लाग्दै ४ अंकको हारहारीमा बढेर बन्द भएको छ ।
आज कारोवार सुरु भएको बेलादेखि नै नेप्सेमा निराशा भएतापनि ३ घण्टापछि लगातार परिसूचक बढेको थियो ।
त्यस्तै आज (क) वर्गको मापन गर्ने सेन्सेटि भइन्डेक्स ०.३० अंकले बढेको छ ।
आज १७६ कम्पनीको ११ लाख ७६ हजार ३ सय तेह्र कित्ता सेयर किनबेच हुँदा ३७ करोड २९ लाख ८८ हजार तिन सय १ रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, १२ बटा कम्पनीमध्ये बैंक, विकास बैंक, पर्यटन, होटल,
म्युचुअल फण्ड, उत्पादन क्षेत्र, माइक्रोफाइनन्स र उर्जा क्षेत्रमा परिसूचक बढेको छ भने बाँकि ४ बटा कम्पनीको परिसूचक घटेको छ ।
प्रतिक्रिया