जग्गा किन्दा वार्षिक ३६ अर्ब राजश्व मात्रै तिर्छन नेपाली

६ बर्ष अगाडि

जग्गा किनबेच गर्नेहरुले नेपालमा एक वर्षमा करिब ३६ अर्ब राजश्व मात्रै तिर्ने गरेका छन् । 

गत आर्थिक वर्षमा भूमिसुधार तथा मालपोत कार्यालयहरुमा रु ३५ अर्ब ९९ करोड ५७ लाख ७१ हजार ८६७ राजस्व बुझाएका छन् । 

सो मध्ये जग्गा रजिष्ट्रेसन दस्तुर २३ अर्ब १९ करोड २ लाख १० हजार ६५३ बुझाएका छन् ।

त्यस्तै गतवर्ष देशभरीका मालपोत कार्यालयहरुबाट पूँजीगत लाभकरबापत ९ अर्ब ७० करोड ८३ लाख १८ हजार १९४ संकलन भएको छ ।

१० लाख भन्दा बढीको कारोबार गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ ।

मालपोत कार्यालयहरुमा ३ अर्ब ९ करोड ७२ लाख ४३ हजार १२० रुपैयाँ अन्य शुल्क जम्मा भएको छ । जुन फारमबिक्री, लालपूर्जा बिक्री, दण्ड जरिवाना, रोक्का, सेवा शुल्क लगायतको शुल्क हो । 

यो राजश्व असुलीको विवरण आघिल्लो आर्थिक वर्षभन्दा १३ अर्बले धेरै हो ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपालीले रु २१ अर्ब ३९ करोड ४६ लाख ६६ हजार रजिष्ट्रेशन शुल्क र  २ अर्ब १ करोड २४ लाख ३० हजार अन्य गरी रु २३ अर्ब ४० करोड ७० लाख ९६ हजार बराबरको राजश्व तिरेका थिए । 

पाँच वर्षमा ३ गुणाले बढ्यो राजस्व 

विगत पाँच वर्षमा मालपोत कार्यालयहरुमा राजस्व संकलन लगभग तीन गुना अर्थात ३३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा १२ अर्ब १४ करोड ५२ लाख ३१ हजार राजश्व संकलन भएको थियो । 

आर्थिक वर्ष २०७२÷०७३ मा १५ अर्ब ९१ करोड ८९ लाख ५२ हजार राजश्व संकलन भएको थियो । 

त्यसपछि भने मालपोतमा राजश्व संकलन ह्वात्तै बढेको छ । नेपालीले आर्थिक वर्ष २०७३/०७४ मा भने २१ अर्ब ४४ करोड ६१ लाख १७ हजार राजश्व बुझाएका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया