नमुना सहकारी पसल खोल्न राष्ट्रिय सहकारी महासंघले आवेदन खुल्ला गरेको छ ।
महासंघले वि.सं. २०७५ सालबाट सुरु गरेको कार्यक्रम यस वर्षपनि नमुना सहकारी पसलको लागि प्रस्ताव गरेको छ ।
महासंघको अनुसार, एक वर्षमा एउटा नमुना सहकारी पसल खोल्न संघले केहि पूँजी दिएर सहयोग गर्ने छ । गतसाल नमुना सहकारी पसल भक्तपुरमा संचालन भएको थियो ।
१५ दिनको म्याद सहित महासंघले विभिन्न योग्यता राखि आवेदन खुल्ला गरेको छ । नमुना पसलमा स्थानिय अनुसार आवश्यक सामानहरु राख्ने महासंले जनाएको छ ।
प्रतिक्रिया