एनसेलको टावरमा आगजनी

६ बर्ष अगाडि

बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । 

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा  राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । 

आगजनी कसले ग¥यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ ।

स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर  राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ ।

कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया