राष्ट्र बैंकले बैंकहरुमा ३६ करोड रूपैयाँ निक्षेप राख्ने

६ बर्ष अगाडि

 राष्ट्र बैंकले रू. ३६ करोड ३१ रकम बैंक तथा वित्तिय संस्थाको निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले बिभिन्न कोषमा भएको पैसा एक बर्षका लागि क, ख र ग बर्गका बैंकको निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकमा २१ करोड ६ लाख पैसा निक्षेपमा राख्ने छ । यस्तै, बिकास बैंकमा रू. ३ करोड ९४ लाख र वित्तिय संस्थामा रू. १ करोड ३१ पैसा राख्न राखिने छ ।

राष्ट्र बैंकले यसका लागि बैंकहरुलाई आगमी पौष १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ ।

बैंकहरुले आफुले लिन चाहेको रकम र दिन सक्ने व्याज खुलाएर आवेदन दिनुपर्ने बताइएको छ ।

त्यसपछि राष्ट्र बैंकले आवश्यक प्रक्रिया पुर्याएर आगमी माघ १ गते देखि २०७७ पौष २९ गतेसम्म उक्त रकम निक्षेपमा राख्ने छ । उक्त रकम निक्षेपमा आएपछि बैंकहरुमा केही तरलता बढ्ने देखिन्छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया