लघुवित्त क्षेत्रमा अहिले सम्मकै ठूलो साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएसँगै हालसम्मकै ठूलो रकमको आईपीओ जारी हुने भएको हो ।
कम्पनीले जारी गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्गस नेपालले कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ।
पढ्नुहाेस् शहरमा सामन्तको झल्को दिँदै एनआईसी एसिया बैंक, ऋण दिँदै उठीबास लगाउँदै
५ प्रदेशका १८ जिल्लामा ६१ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको कम्पनीको बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले रेटिङ्गमा सकारात्मक प्रभाव पारेको जनाइएको छ ।
कम्पनीले जारी गर्ने आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको रहनेछ ।
एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीले कूल कर्जाको ५४।७० प्रतिशत सेवा क्षेत्र, ४०।३८ प्रतिशत कृषि क्षेत्र र ३।८२ प्रतिशत साना तथा लघु उद्योगमा लगानी गरेको छ।
प्रतिक्रिया