एकै साथ चार कम्पनीको शेयरमुल्य समायोजन, कुनको कति ?

६ बर्ष अगाडि

नेपाल स्टक एकसेन्चमा आज एकै साथ चार कम्पनीको शेयरमुल्य समायोजन भएको छ ।

यस अघि लाभांश प्रस्ताव गरेका दुई विकास बैकं र दुई लघुविक्तको गत आवकोे मुनाफाका आधारमा शेयर मुल्य समायोजन भएको हो । 

मुल्य समायोजन  गरेका चारवटै कम्पनीले  पुस २९ गते आफ्नो 
वार्षिक साधारण सभा बोलाएका छन् ।

मुल्य समायोजन गर्ने कम्पनीहरुमा ज्योती विकास बैकं,सिन्धु विकास बैकं,समिट लघुविक्त,नेपाल सेवा लघुविक्त रहेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट  १२ प्रतिशत बोनश वितरण गर्न लागेको ज्योति विकास बैकंलेको शेयरमूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता १४९ रुपैयाँ ८९ पैसा कायम गरेको छ। 

त्यस्तै, ११ प्रतिशत बोनश शेयर बितरण गर्न लागेको सिन्धु विकास बैकंको शेयर मूल्य समायोजन भई प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

त्यस्तै २.१२५ प्रतिशत बोनस वितरण गर्न लागेको नेपाल सेवा लघुविक्तको शेयर मूलय प्रतिकित्ता ४८७ रुपैयाँ ८० पैसा कायम भएको छ।

त्यस्तै, २२ प्रतिशत बोनस शेयर बितरण गर्न लागेको समिट लघुविक्तको शेयर मूल्य  प्रतिकित्ता ५४० रुपैयाँ ९० पैसा कायम भएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया