बर्ष २०१९ मा शेयर बजारः नेप्सेमा २१.२४ अंकको गिरावट, उच्च विन्दु १३१९.४७ सम्म

६ बर्ष अगाडि

काठमाडौं – बर्ष २०१९ मा नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२४ अंकले घटेको छ । २०१९ जनवरी १ तारिखमा ११८७.२८ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो, डिसेम्बर ३१ सम्म आउँदा त्यो परिसुचक ११६६.०४ विन्दुमा खुम्चिएको छ ।
२०१९ मा नेपाली शेयर बजार १३१९ दशलमव ४७ विन्दुसम्ममा पुगेको थियो । मे ३० तारिखको दिन शेयर बजार उक्त विन्दुमा पुगेको थियो, जुन २०१९ कै सबैभन्दा उच्च विन्दु हो । 
यस्तै, सो बर्ष शेयर बजार ११००.५८ विन्दुमा पनि झरेको छ । मार्च ३ तारिखको दिन नेप्से परिसुचक सो विन्दुमा पुगेको थियो, त्यसलाई २०१९ को सबैभन्दा तलको विन्दुको रुपमा हेरिएको छ । 
यो बजारमा पुँजी बजारमा धेरै उतावचढावहरु आए, आन्दोलन गर्ने, अनसन बस्नेदेखि अर्थमन्त्री, धितोपत्र बार्डका अध्यक्षसम्मका राजनामा माग गरियो । लगानीकर्ताहरुले शेयर कारोबार नै बहिष्कार गरे, यी यस्ता घटनाले बर्ष २०१९ मा शेयरबजारमा उताव चढाव  आएको थियो । यसरी लगानीकर्ताको मनोबल कम्जोर भएपछि यो बर्ष शेयर बजार घटेको हो । पुजीगत लाभकर विवाद र समग्र  शेयर बजार पनि विस्तार हुन नसक्दा यो बर्ष बजार घटेको जानकारहरु बताउछन् ।  

६ बर्ष अगाडि

प्रतिक्रिया