लाभांश वितरण गर्न सिर्जना फाइनान्सले डाक्यो साधारणसभा

६ बर्ष अगाडि

सिर्जना फाइनान्सले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०।७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको साधारण सभामा लाभांश प्रस्तावसगैँ  कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

कम्पनीले आफ्नो वार्षिक साधारण सभा माघ ११ उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे बोलाएको छ ।

हाल ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ  चुक्ता पूँजी रहेको कम्पनीको लाभांश वितरण पश्चात पूँजी ८४ करोड ७७ लाख पुग्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया