बहु प्रतिक्षित नेपाल भ्रमण वर्ष २०२० को आज संघीय राजधानी सहित प्रदेश राजधानीहरूमा भव्य रुपमा उद्घाटन गरिदैछ ।
काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपारह्न ४ बजे भ्रमण बर्षको उद्घाटन गर्नेछिन् । उक्त कार्यक्रम ५ घण्टासम्म हुने बताइएको छ ।
भव्य समारोहका साथ भम्रण बर्षको उद्घाटन गरिने आयोजक तथा भ्रमण बर्षको सचिवालयले जनाएको छ ।
उद्घाटन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य दिने छन् ।
केही हप्ता अगाडि नेपालले दक्षिण एसियाली खेलकुद कार्यक्रम गरेको थियो । त्यसपछि हुन लागेको हो अर्काे अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हो । कार्यक्रममा नेपालका मौलिक संस्कृति झल्कने नाचगान हुनेछ । यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
यस्तै, कार्यक्रममा भ्रमण वर्षको मानव साङ्लो पनि बनाइने छ । यस्तै, बिभिन्न व्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजकको भनाइ छ ।
नेपालले यो बर्षलाई भम्रण बर्षको रुपमा मनाएर २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ । २०१९ मा को नोभेम्बर सम्म करिब ११ लाख पर्यटक नेपाल आएका छन् ।
यस्तै, २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएको देखिन्छ । कार्यक्रममा सहभागी हुन बिभिन्न देशका पर्यटनमन्त्रीहरु काठमाडौंमा आइसकेका छन् ।
प्रतिक्रिया