सन् २०२० को पहिलो दिन जनवरी १ अर्थात भोली एनसेलले ग्राहकका लागि विषेश छुट दिने भएको छ ।
यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जीबी र ६ जीबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।
यो अफर यहि बुधबार पुष १६ गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२:०० बजे देखि मध्यरात ११:५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जीबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जीबी ३ जीबीं३ जीबी फोरजी डेटा डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।
।
प्रतिक्रिया