उखु किसानको आन्दोलनप्रति घरेलु तथा साना उल्द्योगको समर्थन

६ बर्ष अगाडि

उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयसम्म रकम भुक्तानी नपाएपछि उपत्यका काठमाडौमा आएर आन्दोलित बनेका उखु किसानको माग प्रति समर्थन जनाउदै  नेपाल घरेलु तथा साना उद्योगले ध्यानकार्षण भएको जनाएको छ। 

बिगत लामो समय देखि चिनी मिलको उखु  किसानले हाल सम्म पनि उखुको भुक्तानी नपाएकोले बिभिन्न स्थानबाट आएका पिडीत चिनी किसान काठमाडौमा भेला भई आन्दोलित हुनुपरेको घटना दुखदायी रहेको भन्दै उखु किसानहरुको माग प्रति एक्केबद्धता जनाउदै ध्यानाकर्षण भएको जनाएको हो। 

उखुको भुत्तानी दिने विषयमा गत वर्ष नै उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हाल सम्म पनि किसानले भुक्तानी नपाउनु दुखद पुर्ण भएको महासंघको ठहर छ। 

उखु किसानहरु महासंघका पनि सदस्य रहेकाले उनीहरुको आन्दोलन प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको एक्येवद्धता रहेको बिज्ञप्तीमा उल्लेख छ।  
 उखु बेचेबापत भुक्तानी नपाएपछि अहिले किसानहरु काठमाण्डौको माइतीघरमा आन्दोलित बनेका छन। 

६ बर्ष अगाडि

प्रतिक्रिया