सामान्य अंकले घट्यो नेप्से

६ बर्ष अगाडि

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)कारोबार १.९२अंकले बढेको छ ।

आज ११६८.६१ विन्दुबाट शुरु भ एको कारोबार अन्तिम समयसम्म आउँदा १.९२ अंकले घटेर ११६६.०४ विन्दुमा पुगेको हो।

कारोबार सुरु भएको केहिबेर उत्साहजनक बढेपनि त्यसपछि परिसूचक पुनः ओरालो लाग्दै २ अंकको हारहारीमा घटेर बन्द भएको छ । 

आज कारोवार सुरु भएको करिव ५० मिनेटसम्म नेप्सेमा उत्साह भएतापनि त्यसपछि लगातार परिसूचक घटेको थियो । 

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटि भइन्डेक्स भने ०.१६ अंकले घटेको छ । 

आज १७७ कम्पनीको १३ लाख २ हजार ९ सय छयासि कित्ता सेयर किनबेच हुँदा ४४ करोड २२ लाख ५६ हजार एक सय छपन्न रुपैयाँको कारोबार भएको थियो । 

त्यस्तै, १२ बटा कम्पनीमध्ये  बैंक, विकास बैंक, पर्यटन, होटल, माइक्रोफाइनन्स र उर्जा  गरि ६ वटा क्षेत्रमा परिसूचक बढेको छ भने बाँकि ६ बटा कम्पनीको परिसूचक घटेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया