मगरी खाना महोत्सव

६ बर्ष अगाडि

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव हुने भएको छ ।

नेपाल मगर सङ्घ पाल्पाको आयोजनामा यही पुस २५ गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । आन्तरिक पर्यटक आगमन बढाउन र मगरी कलासंस्कृतिको संरक्षण गर्न  महोत्सव सफलदायी हुने सङ्घका अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिए।


 महोत्सवमा मगरी खानाका परिकार बारा, अचार, तरुल, सखरखण्ड, सुँगुरको मासुलगायत स्वाद पाइने छ ।

 यसैबीच मगर समुदायका अगुवाले पहिचानका आधारका रुपमा  प्रदेश नं ५ को नामकरण मगरात थरुहट हुनुपर्नेमा जोड दिएका छन् । मगर सङ्घ पाल्पाले माघे सङ्क्रान्तिका अवसरमा आयोजना गरेको  पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह रानाले प्रदेशको नाम मगरात रहनुपर्ने सङ्घको माग यथावत् रहेको दोहो¥याए ।

मगर सङ्घ पाल्पाका अध्यक्ष तेजबहादुरले   लखन थापालाई सरकारले शहीद घोषणा गरे पनि सरकारी कार्यालयहरुले त्यसको बेवास्ता गरेको भनी चिन्ता व्यक्त गरे । मगर सङ्घका उपाध्यक्ष शान्ति झेडीले जिल्लाका सरकारी कार्यालयमा  लखन थापाको तस्वीर राख्नुपर्ने माग गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया