आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको तिन घण्टा सम्म आउँदा २.४२ अंकले घटेको छ।
कारोबार सुरु भएको एक घण्टासम्म उकालो लागेको नेप्से त्यहाँबाट पुनः ओरालो लागेको परिसूचक तिन घण्टाको अवधीमा ३ अंकको हारहारीमा घटेको हो।
आज ११६८.६१ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा ११६५.५३ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६८.६१ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंक, विकास बैंक, पर्यटन, होटल, माइक्रोफाइनन्स र म्युचुअल फण्डर उर्जा गरि ७ वटा क्षेत्रमा परिसूचक बढेको छ ।
प्रतिक्रिया