जापानमा सक्रिय दुई मगर संघ एकताकाे तयारीमा

७ बर्ष अगाडि

टाेकियाे-जापानमा सक्रिय दुई मगर संघ  नेपाल मगर संघ जापान र मगर संघ जापान एकताकाे तयारीमा जुटेका छन् ।

यही अगस्ट १३ तारीखका दिन नागोया शहरमा यी दुई संघबीच एकता हु्ने नेपाल मगर संघ जापानका महासचिव लक्ष्मण घर्तिले जानकारी दिए । 
मगरले  जापानका रहेका सबै मगरहरूलाई  नेतृत्व दिन सक्ने खालको बलियो कार्यसमिति गठन गर्ने गरी एकता सहितको ऐतिहासिक १९औँ महाधिवेशनको आयोजना गर्न लागिएकाे बताए । 

त्यसका लागि नेपाल मगर संघ केन्द्रीय समितिका विदेश विभाग प्रमुख तथा मगर अन्तराष्ट्रीय मन्चका सदस्य सचिव रक्षा बहादुर रैका मगर जापान अाउने पनि उनले बताए । 

साे क्रममा  सांगीतिक कार्यक्रम पनि हुने र त्यसका लागि गायिका लाली बुढाथोकी मगर, गायक भुवन सिं थापा लगायतका मगर कलाकारहरूको  सहभागिता रहने बताइएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया