मन मनकामना सहकारीले बोलायो साधारण सभा

६ बर्ष अगाडि

मन मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ । 

सहकारीले आगामी पौष २६ गते शनिबार दिनको १ः३० बजे काठमाडौंको मित्रपार्क हाइटमा साधारण सभा बोलाएको हो । 

सभामा, अध्यक्षको आव २०७५–७६ आर्थिक प्रतिवेदन, लेखासमिति संयोजक आव २०७५–७६ को लेखा प्रतिवेदन, संचालक–लेखा र अन्य समितिहरु पुनर्गठन, नयाँ संचालक समितिको निर्वाचन, कोषाध्यक्षको आव २०७५–७६को लेखा परिक्षण प्रतिवेदन एंवम् आव २०७६–७७ को अनुमानित आय–ब्यय बजेट प्रस्तुत हुने र प्रस्ताव माथि छलफल हुने छ । 

त्यसैगरी, आव २०७६–७७ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने र सहकारीले विविध विषयमा छलफल गर्न साधारण सभा बोलाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया