दुई बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

आज एकै साथ ५ वटा कम्पनीको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीहरुले लाभांश साथै साधारण सभा प्रायोजनका लागी भोली पुस १६ गतेबाट बुक क्लोज गर्न भएपछि आज सम्म कायम शेयरधनीले मात्र प्रस्ताति लाभांश पाउने भएका हुन् ।यी सबै कम्पनीले आफ्नो वार्षिक साधारण सभा यही पौस २९ गते बोलाएका छन् ।

आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनी हरुमा समीट लघुवित्त, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र नेपाल सेवा लघुवित्त रहेकाछन् ।
कुनले कति लाभांश दिदैँ ?

पौस २९ गते साधारण सभा बोलाएको समीट लघुवित्त गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०९ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि १।११ प्रतिशत गरी कूल २२।२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

त्यसैगरी, सिन्धु विकास बैंकले आफ्नो दशौँ वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, ज्योति विकास बैंकले आउदैँ गरेको साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

उता, गुडविल फाइनान्सले २५ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी,  नेपाल सेवा लघुवित्त गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया