युनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एघारौँ साधारण सभा बोलाएको छ ।
सहकारीले आगामी पौष २५ गते शुक्रवार ललितपुरको कोपुण्डलमा विहान ११ बजे साधारण सभा बोलाएको हो ।
सभाले संचालक समितिको प्रतिवेदन, लेखापरिक्षण्को प्रतिवेदन र आव २०७६–७७ को अनुमानित आय ब्यय तथा विवरणसहितको आर्थिक प्रतिवेदन पारित गर्ने भनिएको छ ।
त्यसैगरी, चालु आवको लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, विनियम संशोधन गर्ने र विविध विषयमा छलफल गर्न साधारण सभामा लगिने छ ।
प्रतिक्रिया