नविल बैंकले आफ्नो ४५ औँ साधारण सभा बोलाएको छ ।
बैंकले आगामी पौष २२ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहानको १० बजे साधारण सभा बोलाएको हो ।
सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । साथै, सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ ।
हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया