३ लाख धरौटीमा सिद्धबाबा रिहा

६ बर्ष अगाडि

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सिद्धबाबा भनिने गिरीमाथि आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोपमा उनी १६ मंसिरमा पक्राउ परेका थिए । उनलाई पक्राउ गरी प्रहरीले पटकपटक म्याद थप गरी अनुसन्धानपश्चात् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दैं आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया