नेप्सेमा उत्साहः साताको दोस्रो दिन ५ अंकले बढ्यो परिसूचक

६ बर्ष अगाडि

आज सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार ५.५३ अंकले बढेको छ ।

आज ११६१.८७ विन्दुबाट शुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा ५.५३ अंकले बढेर ११६७.९६ विन्दुमा पुगेको हो।

कारोबार सुरु भएको दोस्रो घण्टासम्म ३ अंकको हाराहारीमा घटेको  परिसूचक पुनः उकालो लाग्दै करिब ६ अंकको हाराहारीमा पुगेर बन्द भएको छ । 

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटि भइन्डेक्स भने ०.०६ अंकले घटेको छ । 

आज १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर किनबेच हुँदा ६२ करोड २३ लाख बराबरको कारोबार भएको थियो । 

त्यस्तै, आज कारोबारमा आएका १२ समूह मध्ये ८ समूहको सूचक बढेको छ भने ४ समूहको सूचक घटेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया