बैंकका कर्मचारी बैंकिङ कसुरमा संलग्न, नेपाल बैंकका कोइरला प्रहरी फन्दामा

६ बर्ष अगाडि

काठमाडौं – बैंकिङ क्षेत्रमा आवद्ध व्यक्तिहरू नै बैंकिङ कसुर सम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ । नेपाल बैंकको डिल्ली बजार शाखाका पुर्व शाखा प्रवन्धक  भुपराज कोइराला यस्तो गतिविधिमा संलग्न भएको पाइएको हो । 
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गत पुस ११ गते प्रक्राउ पनि गरिसकेको छ । साथै, उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम मुद्दा अगाडि बढाइएको छ ।
नेपाल बैंकका बैैंकिङ प्रधान कार्यालय, मानवश्रोत व्यवस्थापन बिभागका मख्य प्रवन्धक दिपेन्द्र राज काफलेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।  भुपराज कोईराला डिल्लीबजार शाखाको प्रवन्धक हुँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको काफ्लेको जाहेरीमा उल्लेख छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया