हिंसापीडित महिला र बालबालिकाका लागि सञ्चालनमा आउन लागेको अल्पकालीन आवास गृह (सेफ हाउस) सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । रुकुम ९पूर्व०को सिस्ने गाउँपालिका–५ स्थित कमलदह छेवैमा सञ्चालनमा आउन लागेको सेफ हाउसका लागि संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष युएनएफपीएले आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सिस्ने गाउँपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रकोे समन्वय तथा युएनएफपिएको आर्थिक सहयोगमा सेफ आउस सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिकाले जनाएको छ ।
युएनएफपीएका रुकुम ९पूर्व० जिल्ला संयोजक भुवन सेजुवाल र सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक सदस्य त्रिलोचन घिमिरेले सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराललाई सेफ हाउस सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन। सेफ हाउस सञ्चालनका लागि लत्ताकपडा, फर्निचर, खाद्यान्न तथा भान्साका सामग्री हस्तन्त्रण गरिएको छ । यी सबै सामान रु तीन लाख ११ हजार ९५० बराबरको रहेको संयोजक सेजुवालले बताए।
हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनस्र्थापना नहुँदासम्म अल्पकालीन समयका लागि राखिने उद्देश्यले सेफ हाउस निर्माणको अवधारणा ल्याइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए। सेफ हाउस निर्माणका लागि सङ्घ सरकारबाट गत आर्थिक वर्षमा ३० लाख र यस वर्ष ३५ लाख गरी ६५ लाख बजेट विनियोजन गरिएको थियो ।
रुकुम (पूर्व)मा सुरक्षित अल्पकालीन आवासगृह ९सेफ हाउस० सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि यसअघि सम्पन्न भइसकेको छ । सेफ हाउस सञ्चालन कसरी गर्ने, क्षेत्राधिकार कति र काम गर्ने क्रममा आएका समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयवस्तुमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी हुमा डिसीले गर्नुभएको हो । अभिमुखीकरण कार्यक्रममा सेफ हाउस सञ्चालनका लागि व्यवस्थापकीय पाटो कस्तो हुनुपर्छ र मनोविमर्शकर्ताको कस्तो भूमिका रहन्छ भन्ने विषयमा उहाँले अभिमुखीकरण कार्यक्रममा सहभागीलाई जानकारी गराएका थिए ।
यसैबीच सेफ हाउस सञ्चालनका लागि समन्वय समिति र निर्देशन समितिसमेत गठन गरिएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा नौ सदस्यीय समन्वय समिति गठन गरिएको छ भने सिस्ने गाउँपालिका अधिकृत चिन्तामणि दाहालको अध्यक्षतामा सात सदस्यीय निर्देशन समिति गठन गरिएको छ ।
प्रतिक्रिया