शहीद परिवार र ज्येष्ठ नागरिकलाई कम्बल

६ बर्ष अगाडि

शीतलहर पीडित सप्तरी मलेठका शहीद  परिवार  र ज्येष्ठ  नागरिकलाई कम्बल  वितरण गरिएको छ । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलेठका २५ ज्येष्ठ नागरिक तथा शहीद परिवारलाई कम्बल वितरण गरेको हो । 

चिसोका कारण जनजीवन कष्टकर भएपछि जाडो छल्नका लागि ज्येष्ठ नागरिक र शहीद परिवारलाई कम्बल प्रदान गरिएको संस्थाका अध्यक्ष भीमराज यादवले जानकारी दिए

यसैगरी केही  दिन  तराईमा बढेको चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण जनजीवन प्रभावितमात्र नभई अहिले वृद्धावृद्धा तथा बालबालिकालाई झनै प्रभाव  परेको  छ  ।  खासगरी बिहान र साँझपख बढी चिसो लाग्ने भएकाले  यसबाट बच्नका लागि स्थानीय प्रशासनले राजविराजको विभिन्न ठाउँठाउँमा दाउरासमेत बालेको छ  । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया