मंगलबार बुक क्लोज गर्दै ९ कम्पनी, कसले कति लाभांश दिने ?

६ बर्ष अगाडि

आज सोमबार एकै साथ ९ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

साधारण सभा प्रयोजनका यी कम्पनीहरुले  पुस १५ गतेबाट बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन् ।

पुस १५ गते अर्थात भोली बुक क्लोज गर्ने कम्पनीहरुमा  फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, मिथिला लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स,नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) र छ्याङ्दी हाइड्रोपावर रहेका छन् ।

भोली  बुक क्लोज हुने कम्पनी मध्य किसान माइक्रोफाइनान्सको साधारण सभा पुस २७ गते रहेको छ भने बाँकी सबै कम्पनीको साधारण सभा पुस २९ गते बोलाइएको छ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको  किसान माइक्रोफाइनान्सले आफ्ना लगानीकर्तालाई २३.९५ प्रतिशत लाभांश दिदैँछ। त्यस्तै मिथिला माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिदैँछ । 

भोली बुक क्लोज गर्नलागेका कम्पनीहरु मध्य नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले सबै भन्दा धेरै ४५ प्रतिशत नगद लाभांश दिदैँछ भने फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सले ३२.५ प्रतिशत बोनस शेयर र १२.५ प्रतिशत नगद लाभांश दिदैँछ।

त्यसैगरी, कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिदैँछ । उता  मञ्जुश्री फाइनान्सले भने ९.७५ प्रतिशत बोनस शेयर र ९.८० प्रतिशत नगद लाभांश दिदैँछ । 

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई ८.९५ प्रतिशत नगद लाभांश दिदैँछ भने  छ्याङ्दी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६ नगद दिदैँछ ।

त्यसैगरी, आईसीएफसी फाइनान्सले आफ्ना लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिदैँछ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया