काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबनमा) मा ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता सर्वसाधारण शेयर (आईपीओ) स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । बिभिन्न क्षेत्रका १४ कम्पनीको रू. ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार बराबरबको आईपीओ बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका हुन् ।
प्राइपलाइनमा रहेका मध्ये ९ ओटा जलविद्युत कम्पनी, एक बीमा कम्पनी, एक मर्चेन्ट बैंक, तीन वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् । ती मध्ये सबैभन्दा बढी आईपीओ नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ करोड ६० कित्ता अर्थात रू. १ अर्ब ६० करोड बराबरको आईपीईओ पाइप लाइनमा रहेका छ ।
मुग्लीङ खोला जलविद्युत कम्पनीले गत २०७४ असोज २० गते नै आईपीओ लागि आवेदन दिएको थियो । तर, अझै पनि उक्त कम्पनीको आईपीओ स्वीकृत हुन सकेको छैन । तेह्रथुम पावर कम्पनी र हिमालयन हाइड्रोले भने आइपीओ निष्काशनका लागि हालै मात्र आवेदन दिएका हुन् ।
गत महिना मंसिरमा नै यी कम्पनीहरुको नै आईपीअो पाइप लाइनमा रहेका थिए, जसअनुसार कम्पनीले यस अवधीमा अझै आईपीओ स्वीकृत नदिएको देखिन्छ । हाल बोर्डको अध्यक्ष पद रिक्त अवस्थामा छ, त्यसैले गर्दा केही ढिलाई भएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया